काठमाडौँ । पोखराको लेक साइडबाट बिहिबार अटोमेटिक पेस्तोलसहित एक व्यक्ति पक्राउ परे । विभिन्न काण्डमा एक दर्जनभन्दा बढी मुद्धा खेपिसकेका ३८ वर्षीय नरबाहादुर विक फेरी प्रहरीको नियन्त्रणमा परेका हुन् ।
उनी पोखरा महानगरपालिका १८ सराङकोटका हुन् । चोरी तथा डाँका सम्बन्धी कसुरमा पटक पटक मुद्धा खेपेका विकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
विकले पोखरा महानगरपालिका २४ स्थित बन्दै गरेको घरमा उक्त पेस्तोल लुकाएर राखेको अवस्थामा बरामद भएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।
विकले यसअघि एक दर्जनभन्दा बढी पटक मुद्दा खेपिसकेका थिए । लागु औषधदेखि चोरी र लुटपाटसम्म उनी संलग्न रहँदै आएको एसपी थापाले जानकारी दिए ।
प्रहरीका अनुसार गत कात्तिक २२ गते मात्र विकविरुद्ध लागू औषधमा ३ पटक, चोरी तथा डाँकामा ४ पटक र अन्य सार्वजनिक र अभद्र व्यवहार सम्बन्धी कसुरमा विकले मुद्दा खेपेका छन् ।
प्रतिक्रिया दिनुहोस्