Logo

भवानी कार्की

जेष्ठ १०, २०८१ बिहीबार

राप्ती २ मा युवा समूहद्वरा बुद्ध जयन्तीको अवसरमा दीप प्रज्वलन 


काठमाडौँ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर २ स्थित सुरदेवी चोकमा सिद्धार्थ गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्तीको अवसर पारेर दीप प्रज्वलन गरिएको छ । बिहीबार साँझ अल्लारे समूहद्वरा शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम बुद्धको सम्झानामा दीप प्रज्वलन गरिएको हो । 

दीप प्रज्वलन कार्यक्रममा वडा सदस्य, ज्येष्ठ नागरिक बुद्धिजीवी लगायत युवा समूह उपस्थित भएका थिए ।  कार्यक्रममा दीप प्रज्वलन गर्दै वडा सदस्य कमल प्रसाद रुवालीले कार्यक्रम उद्घाटन गरेका थिए । 

कार्यक्रममा अल्लारे समूहका दीपेन्द्र थपलियाले बुद्धको उपदेश सभ्झाना गर्दै आजैबाट सबैले रिस, राग आफूभित्र भएका घमन्डको अन्त्य गर्दै सत्कर्मको बाटो अपनाउनु पर्ने बताए । 

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो।