Logo

मेघनाथ पहाडी

जेष्ठ २७, २०८१ आईतबार

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा कोइराला प्यानल विजयी


काठमाडौँ । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा रमेश प्रसाद कोइराला प्यानल निर्वाचित बनेको छ । शनिवार काठमाडौँमा भएको द्रोश्रो राष्ट्रिय अधिवेशन- २०८१ बाट नयाँ समिति निर्वाचित भएको हो ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको सातौ र आठौ बार्षिक साधारण सभा तथा द्रोश्रो राष्ट्रिय अधिवेशनबाट कुमार चिमोरिया प्यानल पराजित गर्दै कोईराला प्यनलबाट १५ सदस्यिय टिमले सानदार जित हासिल गरेको हो ।

नव निर्वाचित टिम:

अध्यक्ष: रमेश प्रसाद कोइराला
बरिष्ठ उपाध्यक्ष: राजकुमार देवकोटा
उपाध्यक्ष: प्रविन लामिछाने
महासचिव: कुमार बोगटी
सचिव: डुक्पा घले
सचिव: अमित अधिकारी
कोषाध्यक्ष: प्रदिप राना मगर
सह कोषाध्यक्ष: राजेन्द्रमान श्रेष्ठ
सदस्यहरु:
मनिष राज पाण्डे
देवेन्द्र कुमार श्रेष्ठ
नेत्र तिमल्सिना
मुक्तिनाथ न्यौपाने शन्तोष
रुद्र ढुंगाना
अशोक धिताल
टोक बहादुर पौडेल अर्जुन

दुबै टिमबाट सर्वसम्मत निर्वाचित कोषाध्यक्ष प्रदिप राना मगरले आगामी दिनमा संघ नयाँ जोस जागरका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले संघ भित्रका समस्यालाई साझा समस्याका रुपमा लिएर काम गर्ने प्रतिवद्धता जनाए । संगठनलाई बलियो बनायर नयाँ तरिकाबाट संगठनले एकमतका साथ काम गर्ने समेत उनको भनाई छ ।