Logo

बागमती पेज

श्रावण १०, २०८१ बिहीबार

सौर्य एयर जहाजको ब्ल्याक बक्स भेटियो


काठमाडौँ । बुधबार त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ ।

उद्धारकर्ताहरुले फेला पारेको उक्त ब्ल्याक बक्स आफूसँग सुरक्षित रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले जानकारी दिए । ब्ल्याक बक्स भेटिनुका साथै जहाजका पाइलट मनिषरत्न शाक्यसमेत खतरामुक्त रहेकाले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अधिकारीहरुको विश्वास छ । प्राधिकरणले ब्ल्याक बक्स सरकारद्वारा गठित जाँचबुझ आयोगका प्रतिनिधिलाई बिहीबार नै बुझाउने तयारी गरेको छ।

ब्ल्याक बक्स भेटिनुका साथै जहाजका पाइलट मनिषरत्न शाक्यसमेत खतरामुक्त रहेकाले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अधिकारीहरुको विश्वास छ । प्राधिकरणले ब्ल्याक बक्स सरकारद्वारा गठित जाँचबुझ आयोगका प्रतिनिधिलाई बिहीबार नै बुझाउने तयारी गरेको छ।

मन्त्रिपरिषद् बैठकले बुधबार साँझ प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लालको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । बुधबार पोखराका लागि उडेको सो जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।