Logo

बागमती पेज

श्रावण १०, २०८१ बिहीबार

पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला


काठमाडौं । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको हो ।

उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छिन् । गड्तौला आगामी १५ भदौमा अवकाश हुनेछिन् ।

सरकारले लामो अवधिका लागि आफू अनुकुलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।