काठमाडौं । पशुपतिमा आयोजित कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन् । कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन् ।
दमाईलाई समारोहमा भव्य स्वागत र सम्मान गरिएको थियो । सम्बोधनको सुरुवातमा उनले आफूलाई यो स्थानसम्म पुर्याउने गुरुहरुलाई धन्यवाद दिए ।
दलित समुदायमा जन्मेर पनि कसरी संस्कृत शिक्षामार्फत आकर्षित भए भन्ने उनले वर्णन गरे ।
प्रतिक्रिया दिनुहोस्