काठमाडौं । सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका वडा– ५ मा पर्ने थामेखोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेकाहरुको उद्धार गरेको हो । ‘बाँकी मानवीय क्षतिबारे विवरण आएको छैन, हामी बुझ्दैछौं’, पाण्डेले भनिन् ।
पाण्डेका अनुसार थामे गाउँमा पसेको थामेखोलाको बाढीले ३ वटा बगाएको छ भने केहीघर अति जोखिममा छन् ।
प्रतिक्रिया दिनुहोस्