Logo

बागमती पेज

भाद्र ५, २०८१ बुधबार

विश्वविद्यालय पदाधिकारीलाई धम्की आएको भन्दै शिक्षामन्त्रीले मागिन् सुरक्षा


काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सुरक्षा माग गरेकी छन् । त्रिभुवन पदाधिकारीलाई फोन गरेर धम्की आएको भन्दै उनले यस्तो माग गरेकी हुन् ।

सामाजिक सञ्जाल एक्स (साबिक ट्विटर)मा भट्टराईले लेखेकी छिन, ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरू लाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’

उनले थपेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’