काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लाई ‘ग्यालेक्सी एक्सिलेन्स द बेस्ट इमार्जिंग लिडर अवार्ड’ बाट सम्मान गरिएको छ । काठमाडौँको हायातमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
निकिला मिडिया नेटवर्कद्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको द बेस्ट इमार्जिंग लिडर विद्यामा पालिका अध्यक्ष मोक्तानलाई सम्मान गरिएको हो ।
उनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।
पालिका अध्यक्ष मोक्तान २०७४ मा मरिण ३ को वार्ड अध्यक्षका रूपमा निर्वाचित भए। युवा गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान देशभरका गाउँपालिकाहरू मध्ये उत्कृष्ट युवा नेता हुन् ।
उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गर्दै सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता भिम उपाध्याय, गैर आवासीय नेपाली संघ ९एन आर एन ए० का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल ९बैरागी ० लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी दिनेश डिसिले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्