Logo

बागमती पेज

आश्विन ७, २०८१ सोमबार

नेपाल बुद्ध धर्म सेवा संघको अध्यक्षमा निम्तो शेर्पा निर्वाचित


काठमाडौँ । नेपाल बुद्ध धर्म सेवा संघको अध्यक्षमा निम्तो शेर्पा निर्वाचित भएका छन् । असोज ५ गते शनिवार भएको साधारण सभा तथा आठौँ अधिवेशन–२०८१ ले निम्तो शेर्पालाई अध्यक्षमा चयन गरेको हो ।

नेपाल बुद्ध धर्म सेवा संघको कार्यालयमा भएको उक्त अधिवेशनले लामो समयदेखि संघमा सकृय शेर्पालाई अध्यक्षमा चयन गरेको हो । बुद्ध धर्म संरक्षणमा मात्र नभएर शेर्पा विगत २ दशकदेखि शैक्षिक क्षेत्रमा लागि परेका छन् । सामतेन मेमोरियल एजुकेशनल एकेडेमीका संस्थापक अध्यक्ष समेत रहेका निम्तो शेर्पा एक सफल व्यवसायी हुन् ।

विभिन्न स्थानमा शिक्षाबाट बन्चित भएका विद्यार्थीलाई शेर्पाले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएका छन् । उनी शैक्षिक क्षेत्रमा मात्र नभएर समाजमा भईपरी आउने हरेक समस्या समाधानका एक विकल्पका रुपमा चिनिन्छन् ।

विशेषगरी दोलखा लगायत अन्य विविन्न स्थानमा शेर्पाको सक्रियतामा विद्यालय भवन, विद्यार्थीलाई पोषाक, शैक्षिक सामग्री, शैक्षिक शुल्क लगायतका सहयोग गर्दै आएका छन् । शिक्षामा मात्र नभएर शेर्पाको नेतृत्तवमा विभिन्न स्थानमा स्वास्थ्य सामग्री समेत सहयोग गर्दै आएका छन् ।