Logo

श्रीना तामाङ्ग

पुस २२, २०८१ सोमबार

बागमती प्रदेश लिगको उपाधि चितलाङ्ग फुटबल क्लबलाई


काठमाडौं । बागमती प्रदेश लिगको उपाधि चितलाङ्ग फुटबल क्लबले जितेको छ । दोश्रो संस्करणको बागमती प्रदेश लिगको उपाधि चितलाङ्ग फुटबल क्लबले जितेको हो ।

फाईनल खेलमा चितलाङ्गले दोलखाको टाईगर टिमलाई ३ –० गोलले पराजित गर्यो । चितलाङ्गका लागि सुजित वुढाथोकीले २ र आयुष कुंवरले १ गोल गरे । चितलाङ्गका सुजित वुढाथोकी सर्बोतक्रिष्ट खेलाडी भई नगद रु १५ हजार हात पारे । विजेता चितलाङ्गले टफ्री सहित नगद रु दुई लाख, उपविजेता टाईगर टिमले १ लाख नगद हात पार्यो ।

चितलाङ्गले फाईनल यात्रा तय गर्न सेमीफाईनलमा ललितपुरको लक्कीस्टार क्लबलाई ३–१ , लिग चरणमा काभ्रेको माउन्ट एभरेष्ट एफसीलाई ३–० र चितवनको विएफसीलाई २–० गोलले पराजित गरेको थियो ।

बागमती प्रदेश फुटबल संघद्धारा हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा लिगकम नकआउटको आधारमा पौष १० गतेदेखि सन्चालित खेलमा जिल्ला लिग च्याम्पियन क्लबहरु पदम पोखरी युवा क्लब (मकवानपुर), विएफसी (चितवन), धुनिवेसी युथ समाज (धादिङ्ग), वट्टार युथ क्लब (नुवाकोट), चित्लाङ्ग फुटबल क्लब (काठमाण्डौ), थिमी युथ क्लब (भक्तपुर), माउन्ट एभरेष्ट एफसी (काभ्रे), चौतारा स्पोटिङ्ग (सिन्धुपाल्चोक), टाईगर टिम (दोलखा), व्लु अल्पाईन (सिन्धुली) र ललितपुरबाट लक्की स्टारक्लबको सहभागीता रहेको थियो ।

चितलाङ्ग र टाईगर टिम अखिल नेपाल फुटबल संघले आयोजना गर्ने एन्फ प्रेसिडेन्ट लिगका लागि छनोट भएको छ ।