Logo

बागमती पेज

पुस २९, २०८१ सोमबार

नयाँ एप ‘कामकाज’ लञ्चको अन्तिम तयारी, रोजगारिको क्षेत्रमा सहज हुने विश्वास


काठमाडौं । ड्रिम हब प्रालिले रोजगारसँग सम्बन्धित नयाँ एप ‘कामकाज’ निर्माण गरि प्रयोगमा ल्याउने घोषणा गरेको छ । नेपाली युवाहरुको रोजगारी समस्या समाधान गर्न यो एपलाई तीब्र रूपमा लिइएको ड्रिम हब प्रालिले जनाएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ कपिल थापाले यस कामकाज नामक एपलाई नयाँ सनसनी भनी व्याख्या गरेका छन्।

त्यस्तै, कम्पनीका प्रबन्ध निर्देशक एमडी कृष्ण श्रेष्ठले पनि कामकाजले नेपाली युवाहरुलाई स्वदेशमै रहन प्रेरणा दिने बताएका छन् । उनले भने, कुनै समय मैले पनि देश छोड्नुपरेको थियो, तर अबको पुस्ताले यहाँ नै अवसर पाउनेछन्।

यो एपमा पूर्णकालीन, आंशिककालीन, र हातहातमा नगद पाउने रोजगारीका अवसर उपलब्ध हुनेछन्। कम्पनीले चाँडै नै थप विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ। थप जानकारीका कम्पनीले अपडेट गराउँदै जाने बताएको छ ।