काठमाडौँ । नेपाली लगानीकर्ताहरूलाई नयाँ अवसरहरू प्रदान गर्ने उद्देश्यले शेयरसेवा होल्डिङ्स प्रालिले होटल जी रामायणसँग विशेष सहकार्य सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत, शेयरसेवा होल्डिङ्सका सेयरधनी, ग्राहक तथा साझेदारहरूले होटल जी रामायण, सोरखुट्टे, कालधारामा विभिन्न सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न पाउनेछन्।
यो सहकार्य सम्झौताको मुख्य उद्देश्य शेयरसेवा होल्डिङ्सका सेयरधनी तथा हितधारकहरूलाई होटल जी रामायणमा उच्चस्तरीय सेवा र विशेष अफरहरू उपलब्ध गराउनु हो। सम्झौताअनुसार, सेयरधनी तथा साझेदारहरूले होटल बास, खाना र पेय पदार्थ, अतिथिसेवा (लजिङ), बैंक्वेट तथा सभा-सम्मेलन सेवा, रेस्टुरेन्ट तथा अन्य सुविधाहरूमा विशेष छुट पाउनेछन्।
यस सहकार्यले नेपाली लगानीकर्ताहरूलाई थप आकर्षक बनाउने एक महत्वपूर्ण कदम मानिएको छ। शेयरसेवा होल्डिङ्सले यसबाट सेयरधनी तथा साझेदारहरूलाई नेपालमै उत्कृष्ट सेवा तथा लगानी अवसर उपलब्ध गराउने र नेपाली व्यवसायिक क्षेत्रलाई प्रवर्द्धन गर्ने अपेक्षा राखेको छ।
होटल जी रामायणका प्रतिनिधिहरूले पनि यस सहकार्यलाई स्वागत गर्दै शेयरसेवा होल्डिङ्सका हितधारकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
शेयरसेवा होल्डिङ्सले नेपाली बजारमा लगानीमैत्री वातावरण सिर्जना गर्दै शेयर लगानी, प्रि-आइपिओ लगानी, स्टार्टअप लगानी तथा अन्य क्षेत्रहरूमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ। यस सम्झौताले नेपाली लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने र व्यवसायिक सहकार्यका नयाँ द्वार खोल्ने अपेक्षा गरिएको छ ।
होटलमा हाल ४० कोठा पूर्ण सञ्चालनमा आइसकेका छन् । ‘रोयालिटी विथ लक्जरी’ भन्ने नारासहित खुलेको होटल पूर्ण सञ्चालनपश्चात ५५ कोठा हुनेछन् । सात तले यस होटलमा अन्तर्राष्ट्रियस्तरको ज्याकुजी, केरला थेरापी स्पा, जीम, साउना, स्वीमिङ पुल लगायत सुविधा रहेका छन् । होटलमा ३ सय जनाका लागि बैंक्वेट सुविधा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्