२०८२ बैशाख महिनाको प्रारम्भिक भाग सिंह राशिका लागि केही चुनौतीपूर्ण रहनेछ। तर, महिनाको दोस्रो भागमा भने परिस्थिति तपाईँको पक्षमा पल्टिनेछ। धैर्यता, विवेक र सही निर्णयले तपाईंले राम्रो उपलब्धिहरू हासिल गर्नुहुनेछ।
पेशा तथा व्यवसाय
महिनाको पहिलो आधा भाग पेशागत क्षेत्रमा अनुकूल नदेखिने भएकाले नयाँ योजना सुरु नगर्नु बेस हुनेछ। प्रयासहरूमा विफलता र घाटा हुन सक्ने सम्भावना रहनेछ। तर दोस्रो आधामा, तपाईंले आफ्नो जागिर वा व्यवसायमा सफलता र प्रगति हासिल गर्नुहुनेछ। स्थानान्तरणसहितको पदोन्नति, वरिष्ठहरूको सहयोग, र महत्वपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गर्ने अवसर प्राप्त हुनेछ। आकस्मिक रूपमा नयाँ पेशागत अवसरहरू आउनेछन् जसले तपाईंलाई हर्षित बनाउनेछ। प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्धबाट तपाईंले आत्मसन्तुष्टि प्राप्त गर्नुहुनेछ। महिलासँगको वैमनस्यताले केही महत्वपूर्ण कामहरूमा बाधा आउन सक्ने भएकाले सचेत रहनु पर्नेछ।
सम्बन्ध तथा पारिवारिक जीवन
जेठा वा पाका व्यक्तिहरूसँगको पुरानो वैमनस्य अन्त्य हुनेछ। छोराछोरीबाट खुसी र गर्वको अनुभव गर्नुहुनेछ। जीवनसाथीसँग आत्मीयता बढ्नेछ र पारिवारिक जमघटबाट खुशी प्राप्त हुनेछ। आफन्त, साथीभाइसँग सौहार्दपूर्ण सम्बन्ध रहनेछ। विद्यार्थी छोराछोरीले पढाइमा राम्रो प्रदर्शन गर्नेछन्। नयाँ चिनजानले पेशागत अवसर ल्याउनेछ। प्रभावशाली व्यक्तिहरूसँगको परिचयबाट सामाजिक हैसियतमा वृद्धि हुनेछ। पुराना साथीहरूसँग भेटघाट, पारिवारिक रमाइलो, र मनोरञ्जनले मन हर्षित बनाउनेछ। तर, विचारको कठोरताले कहिलेकाहीं अनावश्यक विवाद र झगडा निम्त्याउन सक्छ।
धन, सम्पत्ति र आर्थिक स्थिति
आर्थिक लाभ सन्तोषजनक हुनेछन्। सम्पत्ति प्राप्ति र महत्त्वपूर्ण लगानी गर्ने अवसर पाउनुहुनेछ। दाजुभाइ वा परिवारका सदस्यहरूमा खर्च बढ्न सक्नेछ।लामो दूरीको यात्रा, नयाँ लुगा वा विलासिताका सामग्रीहरू प्राप्त गर्ने सम्भावना रहनेछ। महिनाको दोस्रो भागमा, व्यापारमा ठूलो नाफा हुने संकेत देखिन्छ। शुभकार्यहरूमा भाग लिने अवसर मिल्नेछ। सट्टा बजार वा जोखिमपूर्ण लगानीहरू पनि अनुकूल रहनेछन्।
स्वास्थ्य स्थिति
अचानक यात्रा गर्दा दुर्घटना वा चोटपटकको सम्भावना रहने भएकाले विशेष सावधानी अपनाउनु पर्नेछ। ऊर्जा अचानक घट्ने, चिन्ता वा थकान महसुस हुने दिनहरू आउन सक्नेछन्। तपाईंले खाद्य वा लुगा दानजस्ता परोपकारी कामहरूमा भाग लिनुहुनेछ जसले आत्मिक सन्तोष प्रदान गर्नेछ।
नक्षत्र विशेष फलादेश
मघा नक्षत्र
पेशागत क्षेत्रमा आम्दानी वृद्धि हुनेछ। आफन्त र साथीहरूको आगमनले घरमा चहलपहल बढ्नेछ। काम सकिएपछि आनन्द र सन्तोषको अनुभूति गर्नुहुनेछ। विद्वानहरूसँग संवाद, उच्चपदस्थ व्यक्तिहरूसँग भेट, शुभस्थल भ्रमण, व्यापारमा लाभ, सट्टा कारोबारमा सफलता, र हरेक काममा सफलता पाउने सम्भावना रहनेछ।
पूर्वा फाल्गुनी नक्षत्र
समाजमा तपाईँको प्रतिष्ठा र हैसियत बढ्नेछ। जागिर वा व्यवसायमा उन्नति, काम समयमै सजिलै सम्पन्न हुने, धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ। विद्वानहरूसँग भेटघाट र संवादमा सहभागी हुने अवसर पाउनुहुनेछ।
उत्तर फाल्गुनी नक्षत्र
साथीभाइ र आफन्तहरूसँग स्वादिलो भोजन र मनोरञ्जनमा सहभागी हुनुहुनेछ। नवपरिचित महिलासँग सम्बन्ध रमाइलो रहनेछ। अपेक्षित समयमा धन प्राप्त हुने, आमासँग सम्बन्धित विषयमा छलफल हुने, मानसिक शान्ति मिल्नेछ। नयाँ लुगा प्राप्त हुने र सुखद समाचार सुन्ने अवसर पाउनुहुनेछ।
अनुकूल मिति २, ४, ९, १४, २१, २३, २९ र प्रतिकूल मिति १, ६, १२, १६, १८, २५, २७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्