Logo

बागमती पेज

भाद्र ९, २०८२ सोमबार

आर्ट अफ लिभिङको DSN कोर्स: व्यक्तिगत रूपान्तरण र राष्ट्र निर्माणतर्फ एक महत्वपूर्ण पहल


काठमाडौं । आर्ट अफ लिभिङले सञ्चालन गर्दै आएको DSN (Dynamism for Self and Nation/Do Something Now) कोर्स नेपालमा पनि दिनानुदिन लोकप्रिय बन्दै गएको छ।

आध्यात्मिक गुरु तथा आर्ट अफ लिभिङका संस्थापक गुरु देव श्री श्री रविशंकरद्वारा डिजाइन गरिएको यस विशेष प्रशिक्षण कार्यक्रममा सहभागीहरूले आफ्नो व्यक्तिगत जीवनसँगै समाज र राष्ट्रप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने प्रेरणा पाउँछन्।

तीन दिनसम्म चल्ने यो कोर्समा योग (पद्मसाधना), ध्यान, समूह क्रियाकलाप तथा जीवन दर्शनका ज्ञान सत्र समावेश गरिएका छन्। यसमार्फत सहभागीहरूभित्र रहेका डर, अवरोध र कमजोरी तोड्दै आत्मविश्वास, साहस र नेतृत्व क्षमता विकास गर्ने उद्देश्य लिइएको छ।

आर्ट अफ लिभिङकी वरिष्ठ शिक्षिका ऋतिका लोहियाद्वारा आगामी DSN कोर्स सञ्चालन हुने भएको छ। उहाँले भन्नुभयोः

“DSN केवल व्यक्तिगत रूपान्तरणका लागि मात्र होइन, समाज र राष्ट्रप्रति उत्तरदायी नागरिक तयार पार्ने यात्रा पनि हो। सहभागीहरूले आफ्नो आन्तरिक शक्ति पहिचान गरी जीवनलाई नयाँ दिशातर्फ लैजान सक्षम हुनेछन्।”

आर्ट अफ लिभिङका अनुसार, “DSN कोर्सले मानिसलाई आफ्नो भित्र लुकेका सामर्थ्य खोज्न प्रेरित गर्छ र समाजमा सकारात्मक योगदान दिन सक्षम बनाउँछ।”

यस कार्यक्रममा सहभागी भएकाहरूले यसलाई जीवन बदल्ने अनुभवका रूपमा वर्णन गरेका छन्। यद्यपि, कतिपयले यसमा अनुशासन र संगठनको कठोरता रहेको भन्दै आलोचना पनि गर्ने गरेका छन्। तर समर्थकहरूको दाबीमा यो कोर्सले व्यक्तिगत रूपान्तरणसँगै राष्ट्र निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

नेपालमा यसपटक आयोजना हुने DSN कोर्स ३–६ सेप्टेम्बर (१८–२१ भदौ) का दिन बागबजारस्थित पर्पल हाउसमा हुनेछ।