Logo

बागमती पेज

२४ भदौ २०८२, मंगलबार

देउवा निवासतर्फ लागेका प्रदर्शनकारीलाई प्रहरीले बीचमै रोक्यो


काठमाडौं । जेनजीको आन्दोलनको दोस्रो दिन उपत्यकामा प्रदर्शनकारीको भिड बढेको छ । केही प्रदर्शनकारी कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेका छन् ।

उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ । प्रदर्शनकारीको संख्या बढ्दा प्रहरी संख्या भने न्यून छ ।

प्रदर्शनकारीले सञ्चारमन्त्री पीएस गुरुङको सुनाकोठीस्थित निवासमा आगजनि गरेका छन् । भने प्रचण्ड निवास खुमलटारमा पनि तोडफोड गरिरहेका छन् ।