काठमाडौं । नेकपा(माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले वर्तमान परिस्थितिलाई निकास दिनका लागि प्रतिनिधि सभा विघटन आवश्यक रहेको बताएका छन् ।
उनले प्रतिनिधि सभा विघटन आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका बताए । यद्यपि विघटनमा प्रक्रियागत त्रुटि भएको उनको भनाइ छ ।‘संसद् विघटनमा प्रक्रियागत त्रुटि भए पनि परिस्थितिलाई निकास दिन यो आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका छन्’ उनको भनाइ छ ।
गजुरेलले जेन–जी आन्दोलन सफल भएको भन्दै देश गम्भीर सङ्कटमा रहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अडान र साहसका कारण आन्दोलन सुरक्षित रूपमा अवतरण हुन पुगेको बताए ।‘राष्ट्रपति धन्यवादका पात्र हुनुहुन्छ’ उनले भने ।
माओवादी केन्द्रले भने संवैधानिक व्यवस्था विपरीत विघटन गरिएको भन्दै गम्भीर असहमति रहेको जनाएको छ । गजुरेल भने विघटनको पक्षमा उभिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्