काठमाडौं । नेपाल तरुण दल फिक्कल गाउँपालिकाको अधिवेशन नजिकिँदै गर्दा नयाँ पुस्ताको उत्साह, प्रतिबद्धता र नेतृत्व क्षमताको उत्कृष्ट उदाहरणका रूपमा मोदिनाथ पहाडी (सानु भाई) अगाडि आएका छन्। उनी फिक्कल गाउँपालिकाको तरुण दल सभापति पदका सशक्त उम्मेदवार हुन् ।
१५ वर्षको उमेर बाट व्यवसायीक यात्रा शुरु गरेर अहिले सफल व्यवसायीका रूपमा पहिचान बनाइसकेका मोदिनाथ पहाडीले सहर देखी आफ्नै गाउँमा रोजगारीका अवसर सिर्जना गर्दै आएका छन् । हालसम्म फिक्कल र सिन्धुलीका एक दर्जन बढीलाई प्रत्यक्ष रोजगार दिएका छन्।
गाउँमै बसेर व्यवसाय सञ्चालन गरी युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गराउँदै आएका उनले अहिलेको आवश्यकता आत्मनिर्भर गाउँ निर्माण र स्वदेशमै समृद्धिको अभियान रहेको बताए। उम्मेदवार पहाडीले “वैदेशिक रोजगारी होइन, गाउँमै अवसर, आत्मनिर्भर फिक्कल हाम्रो अभियान मुख्य लक्ष्य रहेको छ।”
उनले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै भने, हामीले अब युवालाई वैदेशिक रोजगारीमा पठाउने होइन, गाउँमै काम र अवसर सिर्जना गर्नुपर्ने समय आएको छ। आत्मनिर्भर गाउँ र सशक्त संगठन नै मेरो मुख्य लक्ष्य हो।
पार्टीभित्रको ऐक्यता, पारदर्शी नेतृत्व र जनताको विश्वास कायम गर्दै तरुण दललाई अझ सशक्त र गुणस्तरीय बनाउन आफू पूर्ण प्रतिबद्ध रहेको उनले बताएका छन्।
मोदिनाथले फिक्कललाई आत्मनिर्भर, स्वावलम्बी र उदाहरणीय गाउँपालिका बनाउने योजना अघि सारेका छन्। उनले युवालाई राजनीतिमा सक्रिय सहभागी गराउँदै विकासका हरेक अभियानमा प्रत्यक्ष भूमिका खेल्न आह्वान गरेका छन्।
सदाचार, संगठन सुदृढीकरण र सेवा भावका साथ तरुण दललाई सबल बनाउने संकल्प व्यक्त गर्दै उनले भने, हामी सकारात्मक सोच, पारदर्शिता र जिम्मेवार नेतृत्वका साथ अघि बढ्नेछौं। गाउँमै काम, सीप र व्यवसायका अवसर विस्तार गर्न सक्यौं भने हाम्रा युवाहरूको भविष्य उज्ज्वल हुनेछ।
उनले सबै सदस्य, शुभेच्छुक र मतदाताहरूलाई अत्यधिक मतका साथ आफूलाई विजयी गराई नयाँ सोच, नयाँ जोश र कार्यक्षम नेतृत्वको यात्रा अघि बढाउन सहयोग गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्