सिन्धुली । फिक्कल गाउँपालिका–६ सालुकेस्थित स्वास्थ्य चौकीका इन्चार्ज सन्तोषराज पौडेलमाथि सेवा नै चरम रूपमा दुरुपयोग गरेको आरोप लागेको भन्दै “फिक्कलमा ब्रम्हलुट: नि:शुल्क औषधि बिक्रीदेखि यौन दुव्र्यवहारसम्मका आरोपमा स्वास्थ्य चौकी इन्चार्ज पौडेल” भनेर आश्विन ३ गते बागमती पेजमा प्रकाशित समाचारको खण्डन गर्दै उनले यस्तो नभएको दाबी गर्दै यस्तो खण्डन प्रकाशन गर्न अनुरोध गरेका छन् ।
फिक्कल स्वास्थ्य चौकीसम्बन्धी केही सञ्चारमाध्यममा प्रकाशित समाचारमा मेरा विरुद्ध लगाइएका औषधी बेचबिखन, दुव्र्यवहार तथा अन्य आरोपहरू पूर्णतः आधारहीन र तथ्यविहीन रहेको स्वास्थकर्मी सन्तोषराज पौडेलले बताएका छन् ।


















प्रतिक्रिया दिनुहोस्