काठमाडौं — ड्यान्सन ट्रेनिङ इन्स्टिच्युटले नयाँ डिजिटल अभियानमार्फत युवालाई भविष्यको प्रविधिमुखी यात्रामा सहभागी गराउन लक्षित सन्देश सार्वजनिक गरेको छ। “कृत्रिम बुद्धिमत्ता नै भविष्य हो। तपाईं पनि यसका हिस्सा बन्न योग्य हुनुहुन्छ” भन्ने मूल नारासहित संस्थाले कृत्रिम बुद्धिमत्ता (एआई) तथा मेसिन सिकाइ (एमएल) सम्बन्धी आधारदेखि उच्चस्तरसम्मका प्रशिक्षण कार्यक्रम खुला गरेको जनाएको छ।
संस्थाका अनुसार उक्त प्रशिक्षणमार्फत विद्यार्थी वा रोजगारीमा रहेका युवाले वास्तविक एप निर्माणदेखि मोडेल विकास तथा कार्यान्वयन (डिप्लोयमेन्ट) सम्मका व्यावहारिक सीप सिक्न सक्नेछन्। कोर्स संरचना प्रतिभागीले पोर्टफोलियो तयार गर्न सक्ने गरी निर्माण गरिएको छ, जसले विश्व बजारमा आवश्यक कौशल हासिल गर्न तथा भविष्यको करियर विकासमा ठोस आधार तयार गर्न सहयोग गर्नेछ।
युवा पुस्तामा कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि र डिजिटल नवप्रवर्तनप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै, ड्यान्सन ट्रेनिङ इन्स्टिच्युटले “युवाशक्तिलाई प्रविधिसँग जोड्नु नै नयाँ सम्भावनाको ढोका खोल्ने मार्ग हो” भन्ने धारणा व्यक्त गरेको छ।
संस्थाले प्रशिक्षणका लागि आवेदन खुला भएको र फारम भरेपछि सम्बन्धित टोलीले सम्पर्क गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ। यो पहलले नेपाली युवालाई नयाँ सीप, नयाँ अवसर र विश्वस्तरमा प्रतिस्पर्धा गर्न आवश्यक आत्मविश्वास प्रदान गर्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
















प्रतिक्रिया दिनुहोस्