Logo

बागमती पेज

१० मंसिर २०८२, बुधबार

कृष्ण बहादुर तामाङको नेतृत्वप्रति बढ्दो विश्वास, स्थानीय मतदाताको आकर्षण बढ्दै


कृष्ण बहादुर तामाङको नेतृत्वप्रति बढ्दो विश्वास, स्थानीय मतदाताको आकर्षण बढ्दै

काठमाडौं— आगामी निर्वाचन नजिकिँदै गर्दा समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आएका समाजसेवी कृष्ण बहादुर तामाङप्रति जनसमर्थन तीव्र रूपमा बढ्दो देखिएको छ। दीर्घ अनुभव, संगठनात्मक नेतृत्व तथा निरन्तर सामाजिक सेवाका कारण तामाङ स्थानीय मतदाताबीच विश्वासिलो र परिणाममुखी विकल्पका रूपमा स्थापित हुँदै गएका छन्।

तामाङले विगत दुई दशकभन्दा बढी समय विभिन्न सामाजिक, युवा तथा विकासमूलक अभियानको नेतृत्व गर्दे आएका छन्। गाउँ–समुदायदेखि जिल्ला संरचना हुँदै केन्द्रसम्म सक्रिय भूमिकाका कारण उनी संगठित, ईमानदार र क्रियाशील व्यक्तित्वका रूपमा चिनिन्छन्।

उनीले विशेष रूपमा भ्रष्टाचारविरुद्धको अभियान, विपद् व्यवस्थापन, युवा सशक्तिकरण, विपन्न परिवारका लागि सहजीकरण, तथा सामाजिक सद्भाव विस्तारजस्ता कार्यक्रममा निरन्तर योगदान गर्दै आएका छन्। त्यसका साथै विभिन्न संघ–संस्था, समिती तथा परिषद्का महत्वपूर्ण पदमा रही उनले दीर्घकालसम्म प्रभावकारी नेतृत्व प्रदान गरेका छन्।

स्थानीय स्तरमा तामाङको लोकप्रियता बढ्नुका पछाडि उनका व्यावहारिक काम, सरल व्यवहार र समुदायसँग निरन्तरको प्रत्यक्ष सम्बन्ध प्रमुख कारणका रूपमा देखिएको छ। आगामी कार्यकालमा समावेशी विकास, पारदर्शी प्रशासन र परिणाममुखी सेवा वितरणलाई आफूले प्राथमिकता दिने प्रतिबद्धता उनले व्यक्त गर्दै आएका छन्।

समुदायमा ठूलो संख्यामा भएका समर्थन अभिव्यक्तिहरूले आगामी चुनावमा तामाङ एक शक्तिशाली र प्रभावकारी दावेदारका रूपमा उदाइसकेका संकेत देखिन्छ।