सुनचाँदीको मूल्यमा फेरि उछाल, सुन ९०० र चाँदी २० रुपैयाँले बढ्यो
नेपालको बहुमूल्य धातु बजारमा आज पनि मूल्य वृद्धि भएको छ। लगातार केही दिनदेखि उतार–चढाव देखिएको सुनचाँदीको भाउ बुधबार पुनः उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९०० रुपैयाँले बढेर २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि बृद्धिको धुनमै छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ३ हजार २०० रुपैयाँमै कारोबार भएको थियो।
विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा Geopolitical tension, Fed को ब्याजदरसम्बन्धी अनिश्चितता र तेल मूल्यको उतार–चढावले बहुमूल्य धातुमा माग बढेपछि स्थानीय बजारमा पनि यसको प्रत्यक्ष प्रभाव परिरहेको छ।
सुन–चाँदीको मूल्य लगातार बढिरहेका कारण विवाह–बिहे र उत्सवका लागि धातु किन्ने उपभोक्ताहरू केही अलमलमा परेका छन् भने लगानीकर्ताहरू भने मूल्य वृद्धि दीर्घकालीन हुनसक्ने अनुमान गर्दै उत्साहित देखिन्छन्।
















प्रतिक्रिया दिनुहोस्