फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालनको स्वीकृति
काठमाडौँ:
आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सरकारले सेना परिचालन गर्न स्वीकृति पाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिस अनुसार निर्वाचन सुरक्षार्थ सेना परिचालनको अनुमोदन दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो।
सरकारले फागुन २१ मा हुन लागेको निर्वाचनको सुरक्षाका लागि योजना बनाउँदै आएको छ। यस अन्तर्गत बाहिरी सुरक्षा घेरामा सेना परिचालन गरिनेछ भने आवश्यक परे सशस्त्र प्रहरी र जनपथ प्रहरी पनि सक्रिय हुनेछन्। साथै, निर्वाचनकालीन सुरक्षा व्यवस्थाका लागि सरकारले करिब एक लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी पनि गरेको छ।
मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले निर्वाचनको सुरक्षाका लागि राष्ट्रपतिलाई सेना परिचालनको लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
















प्रतिक्रिया दिनुहोस्