Logo

बागमती पेज

२० मंसिर २०८२, शनिबार

फाइनलमा अद्वितीय प्रदर्शन: फेरील्याण्डले उचाल्यो U13 छात्रा उपाधि


फाइनलमा अद्वितीय प्रदर्शन: फेरील्याण्डले उचाल्यो U13 छात्रा उपाधि

काठमाडौँ – U13 ड्याफोडिल इन्टर स्कुल बास्केटबल प्रतियोगिताका अन्तर्गत आज भएको रोमाञ्चक फाइनल खेलमा फेरील्याण्ड विद्यालयले बीसीएचएलाई ३४–१८ को स्पष्ट अन्तरले पराजित गर्दै U13 छात्रा समूहको उपाधि आफ्नो नाममा पारेको छ।

खेलको सुरुदेखि नै फेरील्याण्डका खेलाडीहरूले प्रभावशाली प्रदर्शन देखाएका थिए। बलियो डिफेन्स, तीव्र आक्रमण र उत्कृष्ट टोली–समन्वयको सहारामा टोलीले खेलभर प्रतिद्वन्द्वीलाई दवाबमा राखेर सहज जित दर्ता गर्न सफल भयो।

उपाधि जितेपछि फेरील्याण्ड विद्यालयका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले भने,
“हाम्रा छात्राहरूले विद्यालयको गौरव बढाएका छन्। उनीहरूको प्रतिबद्धता, अनुशासन र कडा मेहनतले आजको उत्कृष्ट परिणाम सम्भव भएको हो। विद्यालयले खेलकुदलाई अझ मजबुत बनाउँदै अगाडि बढ्ने लक्ष्य राखेको छ।”

त्यसैगरी फेरील्याण्ड विद्यालयका बास्केटबल प्रशिक्षक नारायण खवासले खेलाडीहरूको समर्पणप्रति गर्व व्यक्त गर्दै भने,
“छोरीहरूले निरन्तर अभ्यासमा गरेको मेहनत आज परिणामस्वरूप देखिएको हो। चुनौतीपूर्ण क्षणहरूमा पनि उनीहरूले आत्मविश्वास नघटाई उत्कृष्ट खेल प्रदर्शन गरे। यो उपाधि सम्पूर्ण टिमवर्क र निरन्तर तयारीको नतिजा हो।”

जितसँगै विद्यालय प्रशासन, प्रशिक्षक, अभिभावक तथा विद्यार्थीहरूले विजयी टोलीलाई बधाई र शुभकामना दिएको छन्।