Logo

बागमती पेज

२८ मंसिर २०८२, आइतबार

१९औँ भ्याली पब्लिक अन्तर–विद्यालय बास्केटबल प्रतियोगिता–२०८२मा फेयरील्याण्ड विद्यालय सेमिफाइनलमा


काठमाडौं । १९औँ भ्याली पब्लिक अन्तर–विद्यालय बास्केटबल प्रतियोगिता–२०८२ अन्तर्गत फेयरील्याण्ड स्कुलका छात्रा टोली सेमिफाइनल चरणमा प्रवेश गरेको छ।

फेयरील्याण्ड स्कुलका प्रधानाध्यापक विष्णु चन्द्र अधिकारीले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै सेमिफाइनलमा पुगेको फेयरील्याण्ड छात्रा टोलीप्रति गर्व व्यक्त गरेका छन्। उनले खेलाडीहरूको मेहनत, अनुशासन र टोली भावनाको प्रशंसा गर्दै आगामी खेलका लागि सफलताको कामना गरेका छन्।

विद्यालय व्यवस्थापन पक्षले यस्ता अन्तर–विद्यालय प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक विकास, नेतृत्व क्षमता र खेल भावना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

फेयरील्याण्ड छात्रा टोलीको सेमिफाइनल यात्राले विद्यालय समुदायमा उत्साह थपेको छ भने आगामी खेलप्रति सबैको ध्यान केन्द्रित भएको छ।