Logo

मेघनाथ पहाडी

६ माघ २०८२, मंगलबार

काठमाडौं ४ मा सचिन तिमल्सिना बने कांग्रेस उम्मेदवार


काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं ४ मा सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ ।

काठमाडौं ४ सभापति गगन थापाले जित्दै आएको क्षेत्र हो । क्रिकेट कमेन्टेटर समेत रहेका तिमल्सिना उम्मेदवार भएका हुन् ।

तिमल्सिना काठमाडौं महानगर, वडा नंं. ३०, ज्ञानेश्वरका स्थायी बासिन्दा हुन् ।

सभापति थापा भने यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरेर सर्लाही ४ पुगेका छन् । अघिल्लो निर्वाचनमै गगनलाई सर्लाही ४ बाट सिफारिस आएको थियो । अन्तिम समयसम्म पनि त्यहाँ कसैले उम्मेदवारी दिएको थिएन । यसपटक पनि कांग्रेसले थापालाई एकल सिफारिस गरेको थियो ।