Logo

मेघनाथ पहाडी

१३ माघ २०८२, मंगलबार

रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना, यस्तो छ कारण


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने देब्रे खुट्टामा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्। उनको सचिवालयका अनुसार खुट्टाको छालामा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको हो।

लामिछानेको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ र उनी चिकित्सकको निगरानीमा उपचाररत छन्। संक्रमण फैलिन नदिन प्रारम्भिक चरणमै उपचार थालिएको हो। चिकित्सकले केही दिन अस्पतालमै राखेर एन्टिबायोटिक तथा आवश्यक उपचार गर्ने बताएका छन्।

सचिवालयका अनुसार गत ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनलाई सामान्य चोट लागेको थियो। सोही चोटबाट संक्रमण देखिन थालेपछि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको बताइएको छ।

रास्वपाका नेताहरूले पनि सामाजिक सञ्जालमार्फत लामिछानेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। पार्टी स्रोतले भने नियमित उपचारपछि उनी छिट्टै सार्वजनिक गतिविधिमा फर्किने विश्वास व्यक्त गरेको छ।