गोरेटो एजुकेशनल कन्सल्टेन्सीः वैदेशिक अध्ययनका लागि भरपर्दो गन्तव्य
काठमाडौं । गोरेटो एजुकेशनल कन्सल्टेन्सीले वैदेशिक अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै विगत १० वर्षभन्दा बढी समयदेखि गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको छ। क्यानडा, अष्ट्रेलिया, बेलायत तथा अमेरिका अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि गोरेटो विश्वासिलो मार्गदर्शकको रूपमा स्थापित भएको छ।
विद्यार्थीको शैक्षिक पृष्ठभूमि, करिअर लक्ष्य र आर्थिक अवस्थाका आधारमा व्यक्तिगत परामर्श प्रदान गर्दै आएको गोरेटोले सही विषय, विश्वविद्यालय, सहर तथा छात्रवृत्ति छनोटमा सहयोग पुर्याउँदै आएको छ। आवेदन प्रक्रियादेखि भिसा र अध्ययनपछिको सहयोगसम्म निरन्तर साथ दिने यसको विशेषता रहेको छ।
गोरेटो एजुकेशनल कन्सल्टेन्सीमा अनुभवी तथा लाइसेन्स प्राप्त परामर्शदाता टोली कार्यरत छ। संस्थाका प्रमुख परामर्शदाताहरूमा धिराज कँडेल, राम खड्का, प्रकाश रेग्मी, सरु आचार्य र प्रचण्ड भण्डारी रहेका छन्। उनीहरूले हजारौँ विद्यार्थीलाई सफलतापूर्वक वैदेशिक अध्ययनको सपना पूरा गर्न मार्गदर्शन गरिसकेका छन्।
संस्थाले अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग प्रत्यक्ष सहकार्य गर्दै आएको छ भने अध्ययन गन्तव्य पुगेपछि पनि विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ। यसले गोरेटोलाई नेपालकै अग्रणी शैक्षिक परामर्श संस्थामध्ये एक बनाएको छ।
काठमाडौं, ललितपुर, चितवन, सुनसरी र पोखरालगायत विभिन्न स्थानमा शाखा सञ्चालनमा रहेको गोरेटो एजुकेशनल कन्सल्टेन्सीले “Think Smarter, Dream Bigger” भन्ने नारासहित विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निरन्तर योगदान दिँदै आएको छ।
गोरेटो एजुकेशनल कन्सल्टेन्सीः वैदेशिक अध्ययनका लागि भरपर्दो गन्तव्य
















प्रतिक्रिया दिनुहोस्