Logo

बागमती पेज

१४ माघ २०८२, बुधबार

गोरेटो एजुकेशनल कन्सल्टेन्सीद्वारा ‘हाम्रा बालबालिकाका लागि प्रकृति जोगाऔँ’ जनहित कार्यक्रम सम्पन्न


गोरेटो एजुकेशनल कन्सल्टेन्सीद्वारा ‘हाम्रा बालबालिकाका लागि प्रकृति जोगाऔँ’ जनहित कार्यक्रम सम्पन्न
काठमाडौँ — वैदेशिक अध्ययनसम्बन्धी परामर्श सेवा प्रदान गर्दै आएको गोरेटो एजुकेशनल कन्सल्टेन्सीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रा बालबालिकाका लागि प्रकृति जोगाऔँ’ भन्ने मूल नाराका साथ जनहित कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, हरियोकरण प्रवर्द्धन तथा समाजमा प्रकृतिप्रतिको चेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा संस्थाका प्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूले विभिन्न स्थानमा सरसफाइ गरी फोहोर संकलन गर्नुका साथै वृक्षारोपणसमेत गरेका थिए। यस अभियानमार्फत प्रकृतिप्रतिको जिम्मेवारीबोध गराउँदै आगामी पुस्ताका लागि स्वच्छ, हरियो र सुरक्षित वातावरण निर्माण गर्नुपर्ने सन्देश प्रवाह गरिएको आयोजकको भनाइ छ।
गोरेटो एजुकेशनल कन्सल्टेन्सीले शैक्षिक परामर्श सेवासँगै सामाजिक तथा वातावरणीय उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै यस्ता जनचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस प्रकारका गतिविधिले विद्यार्थी तथा समुदायमा वातावरण संरक्षणको महत्त्वबारे सकारात्मक सोच विकास गर्नुका साथै सामाजिक उत्तरदायित्वको भावना मजबुत बनाउने अपेक्षा गरिएको छ।