काठमाडौं । सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार तथा ऊर्जावान् युवा नेता राजन दाहालले जिल्लाको विकास र राजनीतिक संस्कारमा आमूल परिवर्तन गर्ने साहसिक घोषणा गरेका छन् ।
विगतमा सिन्धुलीको विकास निर्माणमा उल्लेखनीय योगदान पुर्याएर जिल्लावासीको मन जित्न सफल दाहालले अब जनताले आफ्ना विकास योजना र बजेटका मागहरू निवेदन बोकेर नेताको ढोका धाउनु नपर्ने गरी ‘अनलाइन प्रणाली’ सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् । यो व्यवस्थासँगै पहुँच र सिफारिसका आधारमा नभई आवश्यकता र तथ्यका आधारमा पारदर्शी ढङ्गले बजेट विनियोजन हुने नयाँ युगको सुरुवात हुने उनको दाबी छ।
सिन्धुलीको स्वाभिमान उच्च पार्न सक्ने सक्षम र कर्मशील नेताका रूपमा चिनिएका दाहालले मुलुकको व्यवस्था मात्र होइन, जनताको अवस्था बदल्न आफू पूर्ण समर्पित रहेको बताएका छन् । बेथितिका विरुद्ध सदनमा आगो ओकल्न सक्ने र सुशासनका लागि दृढ उभिने उनको प्रखर आवाजलाई यतिबेला संसद स्वयंले प्रतिक्षा गरिरहेको चर्चा जिल्लाभर चुलिएको छ।
विगतको विकासप्रेमी छवि र आगामी दिनका लागि स्पष्ट डिजिटल भिजन बोकेका दाहाललाई जिताउन सिन्धुलीका भुइँमान्छेहरूको उत्साहजनक समर्थन देखिएको छ। सिन्धुलीको विकास, सुशासन र पारदर्शिताका लागि क्षेत्र नं. २ का सम्पूर्ण मतदाताहरूलाई एकजुट भई यो समृद्धिको यात्रामा सहभागी हुन समेत अपिल गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्