Logo

बागमती पेज

२ फाल्गुन २०८२, शनिबार

ककनीमा एमाले लहर: बद्री मैनालीको पक्षमा सयौंको प्रवेश, अन्य पार्टीमा तरंग


काठमाडौं । नुवाकोट–१ नम्बर क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीको चुनावी अभियान ककनी गाउँपालिकामा व्यापक उत्साहका साथ अघि बढिरहेको छ। घरदैलो कार्यक्रमका क्रममा मतदाताहरूको अपार माया, सहभागिता र समर्थन देखिएपछि एमाले पंक्ति थप उत्साहित बनेको छ।

ककनीका विभिन्न टोलबस्तीमा आयोजित भेटघाट कार्यक्रममा स्थानीय बासिन्दाहरूले मैनालीलाई आत्मीय स्वागत गरेका थिए। सोही अवसरमा अन्य पार्टी परित्याग गरी सयौं नयाँ समर्थकहरू एमालेमा प्रवेश गरेका छन्। नयाँ समर्थकहरूको यो लहरले ककनी क्षेत्रमा एमालेको पकड झन् बलियो बनेको नेताहरूको दाबी छ।

स्थानीय स्तरमा देखिएको यो उत्साह र समर्थनले अन्य राजनीतिक दलहरूमा समेत तरंग सिर्जना गरेको बताइएको छ। एमाले कार्यकर्ताहरूका अनुसार ककनीमा देखिएको जनलहरले आगामी निर्वाचनमा सकारात्मक परिणाम ल्याउने विश्वास बलियो बनाएको छ।

मैनालीले जनताको विश्वास र माया नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउँदै विकास, सुशासन र स्थायित्वका लागि एमालेप्रति समर्थन बढिरहेको दाबी गरे। उनले ककनीको समग्र विकास र जनताको आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरे।