Logo

बागमती पेज

५ फाल्गुन २०८२, मंगलबार

गोलाप्रथाको हार बिर्साउँदै चुनावी मैदानमा धनेन्द्र कार्की


Dhanendra Karki Bagmatipage

सिन्धुली। सिन्धुली क्षेत्र नम्बर १ को चुनावी सरगर्मी बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की यतिबेला चर्चाको केन्द्रमा छन्।

पार्टीको जिल्ला सभापति चयनमा बराबर मत ल्याएर पनि ‘गोलाप्रथा’ बाट पराजित भएका कार्की, अहिले त्यही हारलाई शक्तिको रूपमा बदल्दै प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका हुन्।

स्थानीयको साथ, परिवर्तनको नारा”हिजो गोलाप्रथाले रोके पनि जनताको भाग्य बदल्ने यात्रा रोकिएको छैन,” भन्दै कार्की गाउँ-बस्ती पुगिरहेका छन्। स्थानीय भूगोल र जनजीवनलाई नजिकबाट बुझेका कार्कीलाई युवा मतदाता र परिवर्तन चाहने तप्काको दह्रो साथ देखिन्छ।

लम्पन्टार माध्यमिक विद्यालयबाट शिक्षा सुरु गरी स्नातक तहसम्मको अध्ययन पूरा गरेका कार्कीलाई ‘शिक्षित र स्थानीय’ उम्मेदवारका रूपमा हेरिएको छ।विकासका नारा मात्र होइन, आवश्यकताकार्कीले यसपटकको चुनावमा परम्परागत राजनीतिक भाषणभन्दा ठोस एजेन्डाहरू अघि सारेका छन्।

सिन्धुलीको मुख्य आधार कृषिको व्यवसायीकरण र कच्ची सडकको स्तरोन्नति। वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउन स्थानीय स्तरमै ‘स्वरोजगार’ कार्यक्रम। सरकारी विद्यालयको गुणस्तर सुधार र ग्रामीण भेगमा सुलभ स्वास्थ्य सेवा।

अवसर र चुनौतीपक्षविवरणबलियो पक्षसामाजिक कार्यमा सक्रियता, स्वच्छ छवि र रास्वपाप्रति बढ्दो जनलहर, चुनावी चुनौतीपुराना दलहरूको संगठन र ‘मनी-मसल’ को प्रभाव चिर्नुपर्ने दबाब।

नयाँ रणनीतिवडाध्यक्षदेखि क्षेत्रीय सभापतिसम्मको सांगठनिक अनुभवलाई प्रयोग गर्दै घरदैलो अभियान।पुराना शक्तिलाई चुनौतीसिन्धुली १ मा वर्षौंदेखि जरा गाडेर बसेका पुराना दलहरूका लागि कार्की एक ‘कडा प्रतिस्पर्धी’ देखिएका छन्।

यातायात व्यवसायीका रूपमा आम नागरिकसँग जोडिएका र समाजसेवीको पहिचान बनाएका कारण उनले दलीय घेराभन्दा बाहिरको मत पनि तान्न सक्ने आँकलन गरिएको छ।”हामीले वर्षौं अरूलाई जितायौँ, अब आफ्नै गाउँ-ठाउँ बुझेको र नयाँ भिजन भएको युवालाई जिताउने पालो आएको छ,” एक स्थानीय मतदाताको भनाइले पनि कार्कीको चुनावी माहोललाई थप बल पुर्‍याएको छ।

जिल्ला नेतृत्वको होडमा भाग्यले साथ नदिए पनि, यसपटक जनताको मतले आफ्नो भविष्य र सिन्धुलीको विकास सुनिश्चित गर्नेमा कार्की ढुक्क देखिन्छन्।