काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन्।
उनले उपसभापति पदसहित साधारण सदस्यताबाट समेत राजीनामा दिएका हुन्।हुमागाईं काभ्रे जिल्लामा रास्वपाको संगठन विस्तार तथा स्थापना प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने नेतामध्ये एक मानिन्थे।
उनको राजीनामालाई पार्टीभित्र ठूलो झड्काका रूपमा हेरिएको छ।यता देशभर नेपाली कांग्रेस र नेकपा (एमाले) को चुनावी माहोल उत्साहजनक देखिँदै गएको छ भने रास्वपाको गतिविधि अपेक्षाकृत सुस्त देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।
केही स्थानमा संगठनात्मक कमजोरी र नेतृत्वस्तरमा असन्तुष्टि देखिन थालेको भन्दै रास्वपाको आगामी निर्वाचन प्रदर्शन चुनौतीपूर्ण बन्न सक्ने आकलन गरिएको छ।












प्रतिक्रिया दिनुहोस्