Logo

बागमती पेज

१८ फाल्गुन २०८२, सोमबार

रंगीन उत्सव, उल्लासपूर्ण सन्देश – होलीको शुभकामना शेयर सेवा होल्डिङ्सबाट


शेयर सेवा होल्डिङ्सद्वारा होली विशेष शुभकामना आदान–प्रदान
काठमाडौं — होली पर्वको पावन अवसरमा शेयर सेवा होल्डिङ्स ले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेको छ। संस्थाले रंगहरूको यस उल्लासमय पर्वले समाजमा आपसी सद्भाव, एकता र सकारात्मक ऊर्जा फैलाओस् भन्ने कामना गरेको छ।
संस्थाका प्रबन्ध निर्देशक सिजन बज्राचार्य ले शुभकामना सन्देश दिँदै भन्नुभयो,
“होली केवल रंगहरूको पर्व मात्र होइन, यो सम्बन्ध सुदृढ गर्ने, मनमुटाव बिर्सने र नयाँ उत्साहका साथ अघि बढ्ने अवसर हो। यस विशेष अवसरमा सम्पूर्ण लगानीकर्ता, साझेदार तथा शुभेच्छुकहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौं।”
उहाँले थप्दै सुरक्षित र सभ्य तरिकाले होली मनाउन सबैमा आग्रह गर्नुभयो।
शेयर सेवा होल्डिङ्स ले रंगहरूको यस पर्वले सबैको जीवनमा सफलता, समृद्धि र नयाँ अवसर ल्याओस् भन्ने शुभेच्छा व्यक्त गरेको छ।