Logo

बागमती पेज

१८ फाल्गुन २०८२, सोमबार

भक्तपुरमा महेश बस्नेतको पक्षमा जनलहर: १०१ वर्षीय वृद्धदेखि ‘जेन्जी’ पुस्तासम्मको साथ


भक्तपुर। भक्तपुर क्षेत्र नं. २ को चुनावी चुनावी मैदान यतिबेला निकै तातेको छ, जहाँ नेकपा एमालेका सचिव एवं उम्मेदवार महेश बस्नेतको पक्षमा अभूतपूर्व जनसमर्थन देखिएको छ।

सूर्यविनायक नगरपालिका–१ सोयलगाउँका १०१ वर्षीय वृद्ध दीलबहादुर थापादेखि पहिलो पटक मतदान गर्न लागेका नयाँ पुस्ता (जेन्जी) सम्म बस्नेतलाई आगामी फागुन २१ गते विजयी माला पहिराउन आतुर देखिएका छन्। घरदैलो अभियानका क्रममा सडकमा बसेरै आर्शिवाद दिन कुरिरहेका वृद्ध दीलबहादुरले बस्नेतलाई टीका र माला लगाइदिँदै आफ्नो गाउँ र ठाउँको मुहार फेर्ने नेता केवल उनी नै भएको दाबी गरे।

थापाले टाउकोमा हात राखेर आर्शिवाद दिँदै गर्दा उनका ५७ वर्षीय छोरा बालकृष्ण थापा र पहिलो पटक भोट हाल्ने तयारीमा रहेको नयाँ पुस्ताले समेत बस्नेतको विकासमुखी भिजनलाई समर्थन गर्दै उनलाई नै विजयी बनाउने संकल्प गरेका छन्।

यो उत्साह केवल एउटा गाउँमा मात्र सीमित छैन; पात्लेटारका ८० वर्षीय भीमबहादुर न्यौपानेदेखि बिरुवाका ७६ वर्षीय बद्री घिमिरे र विष्णुमाया चौलागाईसम्मले बस्नेतलाई विकासको पर्यायका रूपमा स्वागत गरेका छन्।

सिरुटारदेखि पात्लेटारसम्मका अधिकांश जेष्ठ नागरिक, महिला र युवाहरूले बस्नेतको विकल्प नभएको भन्दै आफ्नो ठाउँको छोरालाई विजयी बनाउन मत खेर नजाने गरी मतदान गर्ने अठोट व्यक्त गरेका छन्।

स्थानीयको यो स्वतःस्फूर्त समर्थनले भक्तपुरमा बस्नेतको लोकप्रियता र उनले विगतमा गरेका विकास निर्माणका कार्यहरूको प्रभाव कति गहिरो छ भन्ने प्रस्ट पारेको छ।

‘विकास प्रेमी नेता’ को छवि बनाएका बस्नेतलाई आफ्नै आँखा अगाडि विजयी भएको देख्न पाउने धोको राखेका भक्तपुरवासीहरू अहिले केवल मतदानको दिन कुरेर बसिरहेका छन्।