सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा सर्लाही क्षेत्र नं. १ मा नयाँ राजनीतिक समीकरण र उत्साह देखिएको छ। परम्परागत दलहरूका पुराना अनुहार र आश्वासनबाट वाक्क भएका मतदाताहरू यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नीतिमा भण्डारी कार्कीको पक्षमा खुलेर लाग्न थालेका छन्।
वर्षौँदेखि परीक्षण भइसकेका नेताहरूले जिल्लाको कायापलट गर्न नसकेको भन्दै सर्लाहीका युवादेखि वृद्धसम्मले यसपटक ‘परिवर्तनको घण्टी’ बजाउने संकल्प गरेका छन्।
नीतिमा कार्कीको उम्मेदवारीले सर्लाहीमा एउटा फरक खालको भावनात्मक लहर पैदा गरेको छ। आफ्नै जन्मभूमि र माटोको सेवा गर्ने दृढ संकल्प बोकेर चुनावी मैदानमा उत्रिएकी नीतिमालाई स्थानीयले “आफ्नै घरकी छोरी” को रूपमा स्वीकार गरेका छन्।
विशेष गरी ‘जेन जी’ (Gen-Z) पुस्ता र महिलाहरूमा उनीप्रतिको क्रेज लोभलाग्दो देखिएको छ। “सधैँ अरूलाई जितायौँ, यसपालि आफ्नै गाउँ-ठाउँको शिक्षित र भिजन भएको चेलीलाई जिताउँछौँ,” लालबन्दीका एक स्थानीय मतदाताले बताए।
अन्य दलका उम्मेदवारहरूले पुरानै शैलीको भाषण गरिरहँदा नीतिमाले भने ‘उत्पादन, बजार र सम्मान’ को स्पष्ट खाका प्रस्तुत गरेकी छिन्। जनताले उनलाई रोज्नुका मुख्य कारणहरू यस्ता छन्:
सर्लाहीका चोक-चौताराहरूमा अहिले एउटै चर्चा छ, ‘पुरानोले गरेनन्, नयाँलाई हेरौँ।’ दशकौँदेखि राजनीतिमा पकड जमाएका ठूला दलका नेताहरू नीतिमाको बढ्दो लोकप्रियताले यतिबेला दबाबमा देखिएका छन्। ग्रामीण भेगका महिला र विपन्न समुदायमा उनले पुर्याएको स्वास्थ्य र शिक्षाको सन्देशले गर्दा रास्वपाको पक्षमा जनसमर्थन बलियो बन्दै गएको छ।
“हामी सत्तामा गैरजिम्मेवार भएर बस्न होइन, व्यवस्था सुधार्न आएका हौँ” भन्ने उनको उद्घोषले सर्लाही-१ का जनतामा यो विश्वास दिलाएको छ कि— अब परिवर्तन सम्भव छ।
अहिलेको चुनावी माहोल हेर्दा, सर्लाहीको उर्वर भूमिमा यसपटक नयाँ विचार र युवा नेतृत्वको पुनर्जागरण हुने सङ्केत प्रष्ट देखिएको छ।












प्रतिक्रिया दिनुहोस्