Logo

बागमती पेज

२१ फाल्गुन २०८२, बिहिबार

एमाले सचिव महेश बस्नेतद्वारा भक्तपुरमा मतदान


भक्तपुर । नेकपा एमालेका सचिव तथा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले आज बिहान मतदान गरेका छन्।

बस्नेतले भक्तपुरको गुण्डुस्थित मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्। मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता बस्नेतले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि एमालेको जित आवश्यक रहेको दाबी गरे।

उनले मतदाताहरूलाई उत्साहित भएर मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो भविष्य सुरक्षित गर्न समेत आग्रह गरे।

भक्तपुर २ मा बस्नेत र अन्य दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। देशभर आज बिहानैदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ।