Logo

बागमती पेज

२१ फाल्गुन २०८२, बिहिबार

काठमाडौँ-४ कांग्रेस उम्मेदवार सचिन तिमल्सिनाद्वारा मतदान


Sachin-Timalsina-vote-bagmatipage.com Meghnathpahadi

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले आज बिहान ज्ञानेश्वरस्थित नारायणचौर बुथ पुगेर मतदान गरेका हुन् ।

मतदान पछि प्रतिक्रिया दिँदै उनले सबै मतदातालाई उत्साहसाथ मतदानमा सहभागी हुन अनुरोध गरेका छन् । युवा उम्मेदवारका रूपमा चर्चामा रहेका तिमल्सिना मतदान केन्द्रमा निकै उत्साहित देखिएका छन् । मतदानमा सहभागी मतदाताहरूलाई निर्धक्क भएर आफ्नो प्रतिनिधि छान्न आग्रह समेत गरे।

समर्थक र स्थानीय मतदाताहरू माझ उनको उपस्थितिले थप उत्साह थपेको छ। आफ्नो निर्वाचन क्षेत्रको समग्र विकास र सुशासनका लागि आफू प्रतिबद्ध रहेको र मतदाताको पूर्ण साथ पाउने विश्वास व्यक्त गरेका छन् ।

ज्ञानेश्वर क्षेत्रमा बिहानैदेखि मतदाताहरूको बाक्लो उपस्थिति रहेको छ। काठमाडौँ ४ मा एमालेका डा. राजन भट्टराई र कांग्रेसका सचिन तिमल्सिनाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। आज साँझ ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ।