सिन्धुली । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेकपाका उम्मेदवार राजन (लेखनाथ) दाहालले अग्रता कायम गरेका छन्। सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष् गजुरेलले अग्रता लिएर सबैको ध्यान ताने पनि गणना अगाडि बढ्दै जाँदा दाहालले उनलाई निकै पछि पारेका हुन्।
हालसम्म सिन्धुलीका सुनकोसी र घ्याङलेख गाउँपालिकाका सबै वडाहरू तथा मरिण गाउँपालिकाका वडा नम्बर १ देखि ४ सम्मको मतगणना सम्पन्न भइसकेको छ। यो चरणसम्मको परिणाम अनुसार राजन दाहालले ६ हजार ३ सय ९१ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई बलियो बनाएका छन्।
यता ‘घन्टी’ चुनाव चिह्नका आशिष् गजुरेल भने ४ हजार ७ सय ९७ मतका साथ दाहालभन्दा १ हजार ५ सय ९४ मतले पछि परेका छन्।
आफ्नो पछिल्लो अग्रताबारे प्रतिक्रिया दिँदै राजन दाहालले भने, “जनताको मत र विश्वास नै मेरो शक्तिको स्रोत हो। सुरुवाती परिणाम जे जस्तो देखिए पनि दुर्गम र ग्रामीण भेगका जनताको मत गणना हुँदै जाँदा हाम्रो विजय सुनिश्चित हुनेमा म पहिलेदेखि नै विश्वस्त थिएँ। मप्रति भरोसा गर्ने सबै मतदातालाई धन्यवाद दिन चाहन्छु।”
यसैगरी, नेकपा एमालेका मनोजजंग थापा ३ हजार ९ सय ३७ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सुशिला थिङले २ हजार ७ सय ५१ मत प्राप्त गरेकी छन्। अहिले मरिणका अन्य वडाहरूको मतगणना कार्य जारी रहेको छ।
सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोचक मोडमा पुगेको छ। मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष् गजुरेलले अग्रता लिएर सबैको ध्यान ताने पनि अहिले भने नेकपाका उम्मेदवार राजन (लेखनाथ) दाहालले उनलाई निकै पछि पारेकायम छन्।












प्रतिक्रिया दिनुहोस्