Logo

बागमती पेज

१६ असार २०८३, मंगलबार

बुढानिलकण्ठ पाठशालाले मनायो राष्ट्रिय धान दिवस


काठमाडौँ । बूढानीलकण्ठ पाठशालाले राष्ट्रिय धान दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरी धान दिवस मनाएको छ। विद्यालय परिसर भित्र विविध कार्यक्रम सहित बाहिर खेतमा आयोजित धान रोपाईँ विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

विद्यार्थीले धान रोपाइँ गरी नेपाली कृषि परम्परा र धानको महत्वबारे जानकारी हासिल गरेका थिए। सहभागीहरूले हिलोमा रमाउँदै रोपाइँ गीत गाएका थिए भने कृषि संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने सन्देश पनि दिएका थिए।

विद्यालयका प्रधानाध्यापक गाेपाल बहादुर महतले धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यसको महत्वबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनले कृषि र वातावरणप्रति सकारात्मक सोच विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ।