काठमाडौं : बूढानीलकण्ठ नगरपालिका–११ स्थित कपनमा आगलागीबाट मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।
कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्