Logo

भवानी कार्की

माघ १५, २०७९ आईतबार

नेपाली चत्रचित्र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने तयारी


काठमाडौँ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय स्तरसम्म लैजाने तयारी गरेको बताएका छन् । उनले फेब्रुअरी १२ मा फिल्म फेस नामक कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न लागिएको बताएका हुन् ।

दुवईमा हुन लागेको कार्यक्रमा नेपाली चत्रचित्र विदेशमा कसरी सुटिङ गर्ने, त्यसका लागि के–के आवश्यक पर्छ लगायतका विषयमा छलफल गरिने बताए । विदेशी चलचित्र नेपालमा सुटिङ गर्न आएको खण्डमा नेपाल सरकाले के कस्ता सेवा सुविधा उपलब्ध गराउने लगायतका विषयमा अन्तर्क्रिया हुने जानकारी दिए ।

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा भएको “फिल्म जर्नालिजम इन मोर्डन इरा” नामक दुईदिने कार्यशाला गोष्ठी समापनमा आफ्नो भनाई राख्दै विकास बोर्डको पहिलो योजना स्वरुप चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउने पहिलो प्रयास भएको बताएका हुन् ।

कार्यत्रममा अध्यक्ष भुवन केसीले नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय स्तरसम्म लैजान कला पत्रकारीताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएका छन् । सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्दे नेपाली चलचित्रका जटिलतालाई न्युनिकरण गर्न कला पत्रकारिताले महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा आफु ढुक्क रहेको विश्वास समेत व्यक्त गरेका हुन् ।

माघ १३/१४ गते दुई दिन सञ्चालन भएको कार्यक्रमा काठमाडौँ उपत्यका भित्र र उपत्यका बाहिरका १५० भन्दा बढी प्रशिक्षार्थी सहभागी भएका थिए ।

फिल्म क्षेत्रमा लामो अनुभव बटुलेका दक्ष सञ्चारकर्मी तथा प्रशिक्षकबाट चलचित्र क्षेत्रका जटिलता र समाधान सम्बन्धी विशेष छलफल भएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो ।