Logo

बागमती पेज

चैत्र १, २०८० बिहीबार

सांसदको सिफारिसमा ५० करोड दिन घिमिरेको माग


काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तिमा ५० करोड रुपैयाँका योजना दिन माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै घिमिरेले देशभरका १६५ निर्वाचन क्षेत्रका सांसदको सिफारिसमा उक्त रकम बराबरको योजना दिन माग गरेका हुन् । उनले सांसदहरूलाई ५/१० करोड रुपैयाँमात्रै नचाहिएको बताए ।

सांसद घिमिरेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदहरूको भूमिका नभए बजेट पारित गर्न नदिने चेतावनी समेत दिए ।

उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भूमिका र सहभागिता भएन भने हामी यो बजेट पारित गर्नको लागि सहयोगीमात्रै बन्दैनौं । बजेटमा विपक्षी सांसदको ठूलाे भूमिका हुन्छ भन्ने कुराको नजिर स्मरण गराउँछु ।’