Logo

भवानी कार्की

बैशाख १७, २०७९ शनिबार

भीमेश्वरको साझा उम्मेदवार बने ईश्वर मानन्धर


दोलखा । ईश्वर मानन्धर दोलखा भीमेश्वर नगरपालिकाको मेयरका साझा उम्मेद्धवार बनेका छन् । भीमेश्वर नगरपालिकाको गठवन्धनले मानन्धरलाई साझाा उम्मेदवार घोषणा गरेको हो ।

बिगत लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध मानन्धर तरुण दलका केन्द्रिय स्तरका नेता थिए । उनी नेपालमा भएका लोकतन्त्र, प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा सधै आन्दोलनमा होमिए ।

दोलखा जिल्लाको राजनीतिमा नेता मानन्धरलाई एक कुशल र सादगी नेताका रुपमा चिनिदै आएका छन् । उनले सबैलाई समान व्यवहार गर्नुका साथै सबैको पिर मर्का तथा अन्य कुनै पनि अति आवश्यक साथ र सहयोगका लागी आफू सधै लागि पर्ने पनि बताएका छन् ।

भीमेश्वर नगरपालिकाका हरेक जातजाति भाषा समुहले मन पराएका एक मात्र साझा नेताका रुपमा मानन्धरलाई हेर्ने गरिन्छ । आफू नगरको प्रमुखमा विजय भएर नगरको मुहार फेरि दिने र प्रत्येक जनतालाई न्युनतम रोजगार तथा स्वरोजगारको कार्यक्रम ल्याएर जनताको जीवन स्तरमा केहि परिवर्तन ल्याउने आफ्नो चाहना रहेको बताएका छन् ।