Logo

बागमती पेज

पुस २४, २०८० मंगलबार

पशुपतिनाथमा स्तनपान कक्ष सञ्चालन


काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि स्तनपान कक्ष सञ्चालनमा आएको छ । पशुपति क्षेत्र विकास कोषले स्थापना गरेको स्तनपान कक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले उद्घाटन गरेकी हुन् ।

राज्यमन्त्री ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकोमा त्यसको खुशी व्यक्त गरिन् । स्तनपान कक्ष देशभित्र तथा बाह्य देशबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीको भनाई छ ।

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले मन्दिर परिसरमा स्तनपान कक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्यकक्षलगायत ठाउँमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखे शिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएका बताईन् ।