आतिथ्य क्षेत्रमा आगन्तुक रिसोर्टको लोभलाग्दो फड्को: एकै वर्षमा ७.५६ करोड नाफासहित व्यावसायिक उचाइमा
बनेपा, काभ्रे — प्राकृतिक सुन्दरता र आधुनिक सुविधाहरूको अनुपम संगम रहेको आगन्तुक रिसोर्ट प्रा. लि. ले व्यावसायिक सफलताको नयाँ कीर्तिमान कायम गरेको छ। काभ्रेपलाञ्चोकको बनेपा–६ मा अवस्थित यस चारतारे स्तरको रिसोर्टले गत आर्थिक वर्ष २०८२/०८३ मा २७ करोड रुपैयाँ कुल आम्दानी गर्दै ७ करोड ५६ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
काठमाडौँको कोलाहलबाट करिब ४५ मिनेटको दूरीमा रहेको यो रिसोर्ट पछिल्लो समय प्रिमियम ‘हिल-स्टेशन’ गन्तव्यका रूपमा स्थापित भएको छ। झन्डै २ अर्बको कुल लगानी रहेको यस परियोजनामा प्रभु क्यापिटल जस्ता प्रतिष्ठित संस्थाको साझेदारी र ४७ करोड ८७ लाख रुपैयाँको बलियो चुक्ता पूँजी रहेको छ। रिसोर्टको यो वित्तीय सबलतातले पर्यटन र आतिथ्य क्षेत्रमा यसको विश्वसनीय र सुरक्षित भविष्यलाई पुष्टि गर्दछ।
सगरमाथासहित २२ वटा हिमशृङ्खलाको मनोरम दृश्य देखिने यस रिसोर्ट ५२ वटा लक्जरी कोठाहरू, भव्य सभा हलहरू र अत्याधुनिक स्पा सुविधाहरूले सुसज्जित छ। ठूला कर्पोरेट कार्यक्रम, वैवाहिक समारोह र पारिवारिक विश्रामका लागि यो अहिले नेपालकै उत्कृष्ट गन्तव्यमध्ये एक बनेको छ। भौतिक पूर्वाधारमा भएको ठूलो लगानी र स्थानीय पर्यटनमा पुर्याएको योगदानका कारण आगन्तुक रिसोर्टले आगामी दिनमा आफ्नो सेवालाई अझै विस्तार गर्ने रणनीतिक योजना बनाएको छ।
















प्रतिक्रिया दिनुहोस्