फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल: तीनै टोली सेमिफाइनलमा प्रवेश
काठमाडौँ — आयोजक फेरिल्यान्ड स्कूलका तीनै टोलीले बुधबार सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सिमोन स्मृति दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्। जुनियर वर्गमा दुई टोली (जुनियर गर्ल्स) र एक टोली (जुनियर ब्वाइज) सेमिफाइनलमा पुगेका छन्।
जुनियर गर्ल्सतर्फ फेरिल्यान्ड ‘ए’ ले जेबी स्कुललाई २४–१८ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो। विजयी खेलमा सन्दीपा राईले ७ अंक बनाएर टोलीलाई महत्वपूर्ण योगदान दिइन्। त्यस्तै फेरिल्यान्ड ‘बी’ ले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १९–१५ ले पराजित गर्यो, जहाँ सायना माझीले ६ अंक जोडिन्।
त्यस्तै जुनियर गर्ल्सकै क्वाटरफाइनलमा न्युटनले हिमशिलालाई २०–१६ र भ्याली पब्लिकले क्यानभास वसन्त ऋतुलाई २१–१५ ले हरायो। न्युटनकी खान्डु शेर्पाले ६ र भ्यालीकी सोनी तामाङले ९ अंक जितका लागि बटुले। सेमिफाइनल चरणमा न्युटनको सामना फेरिल्यान्ड ‘ए’ सँग हुनेछ भने फेरिल्यान्ड ‘बी’ले भ्याली पब्लिकसँग प्रतिस्पर्धा गर्नेछ।
जुनियर ब्वाइजतर्फ फेरिल्यान्डले बीएनएलाई १९–१५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो जसमा राहुल मग्रातीले ६ अंक जोडे। अन्य क्वाटरफाइनल खेलमा ज्ञानभूमिले भक्तिलाई २७–२०, जेबी स्कुलले गोल्डेनपिकलाई १८–१६ र एन्जल्स हार्टले हिमशिलालाई २६–२२ ले हराउँदै विजयी भई सेमिफाइनल यात्रा तय गरेका छन्।
समग्र रुपमा फेरिल्यान्डका खेलाडीहरुले आक्रामक खेल प्रस्तुत गर्दै प्रतियोगितामा राम्रो प्रभाव छाडेका छन् र प्रतियोगिताको अन्तिम चरणमा तालिका उत्कृष्ठ बनाउँदै प्रवेश गरेका छन्।
फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल: तीनै टोली सेमिफाइनलमा प्रवेश
















प्रतिक्रिया दिनुहोस्