सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य निर्वाचन सिन्धुपाल्चोक–१ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार माधव सापकोटा(सुबोध)ले मतदान गरेका छन्। बिहीबार बिहानै आफ्नो गृहजिल्लास्थित तोकिएको मतदान केन्द्रमा पुगेर उनले मताधिकार प्रयोग गरेका हुन् ।
निर्वाचनको सिलसिलामा आफ्नो क्षेत्रका विभिन्न मतदान स्थलहरूको अवलोकन गर्ने क्रममा उम्मेदवार सापकोटाले मतदान गरेको सचिवालयले जनाएको छ । मतदानपछि सापकोटाले यस पटकको निर्वाचनले मुलुकको राजनीतिक स्थिरता र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
‘मुलुक नयाँ राजनीतिक मोडमा रहेको बेला जनताले देखाएको यो उत्साहजनक सहभागिताले निकै उर्जा मिलेको छ, सापकोटाले भने,- निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा म विश्वस्त छु ।’
यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका सापकोटा यस पटक नेकपाको उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । सिन्धुपाल्चोक १ मा बिहानैदेखि मतदाताहरूको बाक्लो उपस्थिति रहेको छ र मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको स्थानीय प्रशासनले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्