काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित पक्का भएको छ । महर्जनले ४० हजार ९२८ मत प्राप्त गरेका छन् ।
एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाएका छन् । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ । तर चिरिबाबु व्यञ्जनकारभन्दा १७ हजार ६०७ मतले अगाडि छन् । उपमेयरमा भने एमालेकी मन्जली शाक्य वज्राचार्यको जित निश्चित भएको छ । उनले अग्रता पनि फराकिलो छ ।
प्रतिक्रिया दिनुहोस्