काठमाडौँ । केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । गर्भनर महाप्रसाद अधिकारीले चालू वर्षको मौद्रिक नीति नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी ल्याइएको बताए ।
बजेटले लिएको ७ प्रतिशतको मुद्रास्फीतिलाई समेत मौद्रिक नीतिले सहयोग गर्ने उनको भनाइ छ । ‘नेपालजस्तो सानो मुलुक आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले विदेशी मुद्राको सञ्चिति सुविधाजनक स्थितीमा सञ्चित गर्नुपर्ने बाध्यता छ,’ गर्भनर अधिकारीले भने ।
यही सीमाभित्र रहेर चालू वर्षमा ८ प्रतिशतसम्मको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी मौद्रिक नीति आएको हो ।
प्रतिक्रिया दिनुहोस्